भू–माफियाविरुद्ध अग्नीसाइरका ६ दलीय मोर्चा, घोषणा गरे साता दिने आन्दोलन

राजविराज, १५ फागुन–सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका प्रमुख राजनीतिक दलले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् ।

उनीहरु कलौनी सितापुरस्थित इटहर्वा बजारको जग्गा भू–माफियाले नीजिकरण गरेको विरोधमा आन्दोलित छन् । बुधवार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणमा उनीहरुले चक्काजामसहितका सातासम्म आन्दोलन गर्ने जनाएको छ ।

छ दलिय गठबन्धनले घोषणा गरेका कार्यक्रमअनुसार अन्तरक्रिया, मसाल जुलुस, रिले अनशन र २ घण्टे चक्काजाम गर्नेछन् ।

उक्त आन्दोलन आज (फागुन १५) देखि २१ गतेसम्म गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । जसअनुसार आज स्थानीय सर्वदलीय बैठक बस्नेछन् ।

त्यस्तै, १६ गते नागरिक समाज संघसंस्थाका प्रतिनिधिसंग अन्तरक्रिया छलफल गर्ने, फागुन १७ गते स्थानीय जनप्रतिनिधिहरुसंग अन्तरक्रिया छलफल गर्ने, फागुन १८ गते भूमि समस्या आयोग जिल्ला समिति सप्तरीलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

त्यस्तै, फागुन १९ गते जिल्लाका प्रमुख राजनितीक दलका अध्यक्षहरुसंग अन्तरक्रिया गर्ने, फागुन २० गते एकघण्टा रिले अनशन बस्ने तथा गाउँपालिकाका स्थानीय आम जनताहरुसंग बृहत् अन्तरक्रिया गर्ने तथा मसाल जूलूस प्रदर्शन गर्ने, फागुन २१ गते पूर्वपश्चिम राजमार्गमा २ घण्टा चक्काजाम गर्ने संघर्षका कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका गाउँपालिका संयोजक बेचन चौधरीले जानकारी दिए ।

यो पनिः

करोडौंको सार्वजनिक जग्गा भू–माफियाको चंगुलमा

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780