काठमाडौँ —सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर शुक्रबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको छ ।
नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २:५१ बजे भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न भाग तथा दार्जिलिङलगायत भारतमा समेत महसुस गरिएको थियो।
अहिलेसम्म क्षतिसम्बन्धी विस्तृत विवरण केही आएको छैन ।
यसअघि गत पुष ५ मा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेको छ।