सुनसरी–सुनसरीको वराहक्षेत्र नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो चतराबाट उदयपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल वडा नम्बर १ रानीखोलास्थित अनियन्त्रित भई सडकबाट करिब १ सय २० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाल नाम, थर वतन नखुलेका करिब ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।