राजविराज–सप्तरीको सप्तकोशी नगरपालिका–१ खोरिया टोलमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
सोमबार विहान अचानक टोलमा पसेको बाघको आक्रमणबाट ४३ वर्षीय कृष्ण विष्ट र ५५ वर्षीय गणेश खत्री घाइते भएका हुन् ।
टोलमा बाघ पसेको जानकारी पछि प्रहरी चौकी फत्तेपुर र सशस्त्र प्रहरी बेश फत्तेपुरबाट प्रहरी टोली पुगेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
उनका अनुसार घाइते दुवै जनालाई उपचारको लागि मोडेल क्लिनिक फत्तेपुर पठाइएको छ । अझैं बाघ टोलमै रहेकोले नियन्त्रणका लागि कोशी टप्पु वन्यजन्तु आरक्षसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।