सप्तकोशीमा आगलागी, १५ लाखको क्षति

राजविराज, १४ चैत । सप्तरीको सप्तकोशी नगरपालिकामा भएको आगलागीमा १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आइतबार राति करिब ११ बजेको समयमा सप्तकोशी नगरपालिका–५ गंगाजलीका सोम प्रसाद आचार्यको गाईगोठमा बालेको आगो सल्किएर आगलागी भएको हो । आगलागीबाट आचार्यको जस्ता र काठले बनेको एक तले गाईगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ भने दुई तले बसोबास गर्ने घरसमेत आंशिक रूपमा क्षति भएको छ ।

स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । आगो निभाउने क्रममा घरधनी सोम प्रसाद आचार्य सामान्य घाइते भएका छन् । आगलागीमा एक भैंसीको पाडा र दुई वटा बाख्राको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780