मधेश प्रिमियर लिग: मैथिली वारियर्स, जनकपुर, बलान, काठमाण्डाै सेमिफाइनलमा प्रवेश

चन्दनकुमार यादव
राजविराज, ९ वैशाख । मधेश प्रिमियर लिग: राजबिराजमा सञ्चालित मधेश प्रिमियर लिग अन्तर्गत पहिलाे खेलमा मिथिला वारियर्सले छिन्मस्तालाई ४ बिकेटले पराजि गर्दै मिथिला वारियर्स सेमिफाईनलमा प्रवेष गरेकाे छ।

याे सँगै अंक तालिका अनुसार मिथिला वारियर्स, जनकपुर सनराईज, बलान बिहुल, काठमान्डाै सेमिफाईनलमा प्रवेष गरेकाे छ।
भाेली हुने पहिलाे सेमिफाईनल खेलमा जनकपुर सनराईज र मिथिला वारियर्स तथा दाेस्राे खेल बलान र काठमान्डाै राेयल्स बिच फाईनलकाे लागि भिडने भएकाे छ।

मंगलवार पहिलाे खेलमा टस जितेर मिथिलाले छिन्मस्तालाई ब्याटिंंग गर्न दिए पछि छिन्मस्ताले १८ ओभरमा ७ बिकेट गुमाएर १ सय १९ रनकाे याेगफल खडा गरेका थिए।

जसमा दिनेश अधिकारीले ३८ रन, दिवान पुनले अबिजित २१ रन, शंकर राणा १४ रन, र दिपेश दासले ११ रन बनाएका थिए।
बलिंग तर्फ मिथिला वारियर्सका शेेर मल्ल २ बिकेट तथा कुशल भुर्तेल, बसिर अहमद र असिम श्रेष्ठले १/१ बिकेट लिएका थिए।
प्रतिउतरमा १ सय २० रन लक्ष्य पछयाउने क्रममा मिथिलाले १६ अाेभर १ बलमा ६ बिकेट गुमाएर बिजयी हात पार्दै सेमिफाईलकाे यात्रा तय गरेकाे हाे।

जसमा टिमका लागी अरूण एरी २९ रन, कुशल भुर्तेल र सुनिल महर्जनले समान्य २३ रन तथा राष्ट्रिय खेलाडी दिपेन्द्र सिँँह एेरीले अविजित २२ रन तथा बसन्त खत्रीले १८ रन अविजित खेलेका थिए।

यता बलिंग तर्फ छिन्मस्ताका दिनेश अधिकारी ४ बिकेट र नितेश यादबले २ बिकेट लिएका थिए।
उक्त खेलमा प्लेयर अफ दि म्याच छिन्मस्ता का दिनेश अधिकारी घाेषित भएका थिए।

यसैगरी आजै भएकाे दाेस्राे खेलमा जनकपुरले बलानलाई ६४ रनले पराजित गरेकाे छ।
टस जितेर जनकपुरले २० अाेभरमा ९ बिकेट गुमाएर २ सय १८ रनकाे याेगफल खडा गरेका थिए।

जसमा टिमका लागि राष्ट्रिय खेलाडी अाशिफ ८२ रन, विशाल सुश्लिंग ४६, मयन यादब ३३ रन बनाएका थिए।
बलिंग तर्फ बलानका बिवेक यादब र बिकास दासले ३/३ बिकेट तथा पप्पु यादब, श्रवण यादब, सुजन थपलियाले समान्य १/१ बिकेट हात पारेका थिए।

जवाफमा २ सय १९ रनकाे लक्ष्य लिएका बलानले १८ अाेभर ३ बलमा सबै बिकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सकेका थिए । जसमा सुजन थपलिया ६० रन, भुवन कार्की २९ र बिवेक यादबले २८ रन बनाएका थिए ।
बलिंग तर्फ जनकपुरका विशाल पटेलले प्रतियाेगिताकै सबै भन्दा बढी बिकेट लिने बलरमा परेकाे छ ।

पटेलले ३ ओभर ३ बलमा ३९ रन खर्चे ७ बिकेट लिएपछि बलान टिमका ब्याटरहरू धरापमा परेका थिए।
यसैगरी बिपिन खत्री २ बिकेट तथा तुल बहादुर मगरले १ बिकेेट लिएका थिए । खेलकाे प्लेयर अफ दि म्याच विशाल पटेेल घाेषित भएकाे छ।

Author:



क्याटोगरी छान्‍नुहोस