शारदा र चाँदनीलाई ‘रामा यादव स्मृति पत्रकारिता पुरस्कार’

रौतहट, २८ वैशाख । सञ्चारउद्यमी स्वर्गीय रामा यादवको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कार स्वास्थ्य क्षेत्रमा उत्कृष्ट समाचार सम्प्रेषण गर्ने दुई जना पुरस्कृत हुने भएको छ ।

स्वास्थ्य पत्रकारितामा उत्कृष्ट समाचार सम्प्रेषण गर्ने बारा जिल्लाबाट पत्रकारिता गर्दै आएकी शारदा पोखरेल र जनकपुरधामलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएकी चाँदनी झालाई क्रमशः “रामा यादव स्मृति पत्रकारिता पुरस्कार–२०८१ र ०८२ प्रदान गरिने भएको हो । पोखरेल रातोपाटी अनलाइन डट्कमका बारा सम्वाददाता हुन् भने झा जनकपुरधाम स्थित टिभी टुडेमा कार्यरत छन् । स्व. यादवको चौथो पुण्यतिथिका अवसरमा आइतबार आयोजित कार्यक्रममा उक्त पुरस्कार घोषणा गरिएको छ ।

२०७८ साल वैशाख २८ गते कोरोना संक्रमणका कारण सञ्चारउद्यमी रामा यादवको निधन भएको थियो । उनका पति जयप्रकाश यादवले रामाको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरी निरन्तर रुपमा प्रदान गर्दै आएका छन् । पुरस्कारको राशी २६ हजार १ रुपैयाँ रहेको छ ।

कार्यक्रमलाई प्रमुख अतिथि नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष कार्कीले रौतहटको पत्रकारिता क्षेत्र अझै सुधारको खाँचोमा रहेको उल्लेख गरे। समाचार लेखन, प्रस्तुति र भाषा प्रयोगमा सुधार आवश्यक भएको बताउँदै उनले चाँडै सुधारको संकेत देखिनसक्ने विश्वास व्यक्त गरे। उनले रेड टेलिभिजनको पहललाई प्रशंसनीय भन्दै सामाजिक परिवर्तनमा यसको योगदान अझ प्रभावकारी बन्ने अपेक्षा पनि व्यक्त गरे ।

उक्त पुरकार साउनमा आयोजना हुने रेड टेलिभिजनको वार्षिक समारोहमा प्रदान गरिने जनाइएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य शिव पुरीले सामाजिक सञ्जालमा समाचार प्रस्तुत गर्दा सभ्य, मर्यादित र सजिलै पच्ने भाषाशैलीमा लेख्नुपर्ने आवश्यकता औंल्याए । उनले हाल सामाजिक सञ्जालमा प्रयोग भइरहेका छाडा भाषाले पत्रकारिताको छविमा असर परेको भन्दै चिन्ता व्यक्त गरे । “फेसबुकजस्ता प्लेटफर्ममा समाचारको पहुँच छिटो हुने भएकाले ठूला मिडिया हाउसहरूले समेत समाचारको लिंक त्यहाँ सेयर गर्ने गरेका छन्, जुन स्वाभाविक प्रक्रिया हो,” पुरीले भने, “तर तथ्यहीन र उत्तेजक स्टाटस लेख्ने प्रवृत्ति असंयमित र अमर्यादित हो। ”

सो अवसरमा महासंघका पूर्व अध्यक्षद्वय शैलेन्द्रकुमार गुप्ता, प्रेमचन्द्र झा, प्रभाकुमार झा, महासंघ रौतहट शाखाका उपाध्यक्ष डिल्लीराम कार्की, श्रमजीवी पत्रकार महासंघका अध्यक्ष सन्तोष पौडेललगायतका सञ्चारकर्मीहरूले स्व. रामा यादवले देखाएको मार्गमा हिँड्दै स्वास्थ्य र शिक्षा क्षेत्रको सशक्तिकरणमा पत्रकारहरूले भूमिका खेल्नुपर्ने धारणा राखे ।

कार्यक्रम रेड टेलिभिजनका संस्थापक तथा रामा यादव स्मृति प्रतिष्ठानका संरक्षक जयप्रकाश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सञ्चारकर्मी राकेश यादवले सञ्चालन गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780