जग्गा विवादमा आक्रमण गर्ने तीन महिला पक्राउ

राजविराज, ३० वैशाख । सप्तरीको बोदेबरसाइन नगरपालिका–१ धनगढीमा अदालतबाट जग्गा विवादमा न्याय पाएको एक यादव परिवारमाथि आक्रमण गर्ने तीन महिलालाई प्रहरीले पक्राउ गरेका छन् ।

यसरी पक्राउ पर्नेमा सोमनीदेवी मण्डल, आरती मण्डल र रिताकुमारी मण्डल छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार उनीहरूलाई मंगलबार इलाका प्रहरी कार्यालय बोदेबरसाईनबाट जिल्ला कार्यालयमा ल्याइएको छ । ठाडो उजुरीको आधारमा तीन जनालाई नियन्त्रणमा लिईएको तथा अन्यको खोजी भइरहेको छ ।
गत बुधबार सुजानदेवी यादवकी १६ वर्षीया छोरी अम्बिकाकुमारी र १४ वर्षीया ललिताकुमारीमाथि ६–७ जनाको समूहले आक्रमण गरेका थिए । कुटपिटबाट घाइते दिदीबहिनी अहिले गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचाररत छन् । उनीहरूका टाउकोमा गहिरो चोट लागेको छ ।
लामो समयदेखिको जग्गा विवाद चल्दैआएको थियो । सुजानदेवीका पति खुसीलाल यादवविरुद्ध छिमेकी शम्भू मण्डल र स्व.मेदी मण्डलले सप्तरी जिल्ला अदालतमा घर उठाउने सम्बन्धमा मुद्दा दायर गरेका थिए । २०७२ साल जेठ २६ गते जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलले सो मुद्दामा फैसला गर्दै वादी पक्षको दाबी अस्वीकार गरेका थिए ।
अदालतले कित्ता नम्बर १६७ को ८ धुर जग्गामा रहेको घर नहटाइएसम्म वादीको हक लागु नहुने ठहर गरेको थियो । आर्थिक रूपमा कमजोर परिवार अहिले उपचारमा समेत समस्या रहेको जनाइएको छ ।
Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780