कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । कोदोका परिकार पचाउन सहज हुन्छ । कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व पाइन्छ । कोदोका परिकार शक्ति र ऊर्जाका लागि राम्रो श्रोत हो ।
तौल घटाउन कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन । जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ । मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ ।
यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ । कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुर्याउँछ । कोदोमा हुने आइरनले रक्त अल्पता हुन दिदैन ।
यस्तै कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रुपमा कोदोको रोटी वा ढिडो खाने गरे आराम पाइन्छ । मधुमेहको खतराबाट बच्न कोदोको परिकार लाभदायक छ । Source: Krishi Guru