राजविराज , ३१ वैशाख । सप्तरीकाे बिष्णुपुर गाउँपालिका १ खुरहुरिया स्थित हुलाकी सडक खण्डमा पत्थरगाढाबाट राजबिराज तर्फ आउदै गरेको अनटेस्ट ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट तल पल्टदा ट्याक्टर चालककाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.१ कबिलासा बस्ने सिपैतलाल सन्तको छोरा अन्दाजी १८ बर्षिय दिपक कुमार सन्त रहेको सप्तरी प्रहरीले जनाएको छ । साे ट्याक्टर दुर्घटनामा घाईते भई छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचार भईरहेको अवस्थामा सन्तकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता मृतक सन्तकाे शव गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजकाे शव गृहमा रहेको र ट्याक्टर प्रहरीकाे नियन्त्रणमा रहेको सप्तरी प्रहरीले जनाएको छ ।