राजविराज–सप्तरीको छिन्नमस्ता गाउँपालिकामा मंगलबार आयोजना गरिएको पाठेघरको रोग पहिचान तथा अप्रेशन सम्बन्धि एक दिने निःशूल्क शिविरमा दुई सय ५१ जनाले स्वास्थ्य जाँच तथा अप्रेशन सेवा लिएकी छन् ।
गाउँपालिकाको सहयोगमा छिन्नमस्ता विकास सेवा राजविराजले आयोजना गरेको निःशूल्क स्वास्थ्य शिविरमा विराट मेडिकल कलेस टिचिङ अस्पताल, विराटनगरका चिकित्सकहरुले सेवा दिएका छन् ।
शिविरमा अप्रेशन, भिडियो एक्स–रे, पाठेघरको रोग पहिचान जस्ता सेवा प्रदान गरिएको छिन्नमस्ता विकास सेवा राजविराजका अध्यक्ष विनोदकुमार साफीले जानकारी दिए । शिविरमा सेवा लिएकी महिलाहरुले महिला लक्षित निःशूल्क स्वास्थ्य शिविरहरु समय–समयमा हुनुपर्नेमा जोड दिइन् ।
वडा नम्वर ३ सखडास्थित स्वास्थ्य चौकीमा राखिएको सो शिविरमा औषधि पनि निःशूल्क वितरण गरिएको छ ।