राजविराज, १९ साउन । जनता चयन गर्नका लागि आज सवा एघार बजेदेखि मतदान शुरू भएको छ ।
तालिका अनुसार विहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म गर्ने मतदानका लागि समय निर्धारण गरेको छ । शान्तिपूर्ण वातावरणमा नीर भइरहेको निर्वाचन समितिले जनाएको छ ।
सर्वसम्मत प्रक्रियाबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मतदान प्रक्रिया अगाडि बढाइएको हो । मतदान सकिएपछि साँझ ५ बजेदेखि नै मतगणना सुरु हुने समितिले जनाएको छ । जसपा सप्तरीको अधिवेशनमा ५ सय १५ जना मतदाता छन् ।
जसपा नेपाल सप्तरीका वर्तमान अध्यक्ष केदार प्रसाद यादव र उपाध्यक्ष उमेश प्रसाद यादव छुट्टाछुट्टै प्यानलसहित अध्यक्ष पदका लागि चुनावी प्रतिष्पर्धामा उत्रेका छन् ।
केदार प्रसाद यादवको प्यानलबाट ४ जना निर्विरोध निर्वाचित भएका छन् । पिछडाबर्गबाट रघुनन्दन चौधरी, पालिका खुल्ला सदस्य सावेन्द्र कुमार यादव, दिप नारायण साह र ओम नारायण यादव निर्विरोध सदस्यमा निर्वाचित भएका छन् । जिल्ला समिति चयनका लागि ७ पदाधिकारी खुल्ला, २५ भूगोल र २५ समावेशी गरी ५७ सदस्य चयन गर्नुपर्नेमा अब निर्वाचन प्रक्रियाबाट ५३ जनाको चयन हुनेछन् ।
तस्विरमा निर्वाचन स्थल:







