जसपा सप्तरीको मतदान सम्पन्न, मतगणनाबारे छलफल जारी

राजविराज, १९ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको कार्यसमितिका चयन गर्नका लागि सोमबार(आज) मतदान सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन समितिले मतदानका लागि विहान ११ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि मतदान गर्न समय सिमा निर्धारण गरेको थियो । यद्यपी करिब सवा एघार बजे शुरु मतदान शुरु भएकोमा साँझ ६ बजेसम्म मतदान स्थलमा आइसकेका मतदातालाई ७ बजेसम्म मतदान गर्न दिइएको छ ।

कुल ५ सय १८ मतदाता रहेकोमा ५ सय ४ जनाले मतदान गरेका छन् । मतगणना कति बजेदेखि हुने ? विषयमा छलफल भइरहेकोले समाचार तयार पार्दासम्म निर्णय हुन सकेको छैन ।

सर्वसम्मत प्रक्रियाबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि अन्ततः मतदान प्रक्रिया अगाडि बढाइएको थियो । मतदाता नामावलीमा अत्यधिक दावी–विरोध र संशोधन आएकाले छानबिन गर्नका लागि आइतबार हुने भनिएको निर्वाचन स्थगन गरिएको थियो ।

जसपा नेपाल सप्तरीका वर्तमान अध्यक्ष केदार प्रसाद यादव र उपाध्यक्ष उमेश प्रसाद यादव छुट्टाछुट्टै प्यानलसहित अध्यक्ष पदका लागि चुनावी प्रतिष्पर्धामा छन् ।

केदार प्रसाद यादवको प्यानलबाट ४ जना निर्विरोध निर्वाचित भएका छन् । पिछडाबर्गबाट रघुनन्दन चौधरी, पालिका खुल्ला सदस्य सावेन्द्र कुमार यादव, दिप नारायण साह र ओम नारायण यादव निर्विरोध सदस्यमा निर्वाचित भएका छन् जिल्ला समिति चयनका लागि ७ पदाधिकारी खुल्ला, २५ भूगोल र २५ समावेशी गरी ५७ सदस्य चयन गर्नुपर्नेमा अब निर्वाचन प्रक्रियाबाट ५३ जनाको चयन हुनेछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस