सडक मर्मतको माग गर्दै सप्तरीमा ई–रिक्सा चालकको आन्दोलित

राजविराज, २२ साउन। सप्तरीको खडक नगरपालिकामा ई–रिक्सा चालकहरूले सडक मर्मतको माग गर्दै बिहीबार बिहानदेखि आन्दोलन गरेका छन्। कुशमाहा–खरचुहिया सडकको अत्यन्तै खराब अवस्थाका कारण दैनिक दुर्घटना बढेको भन्दै उनीहरूले वडा नं. ५ को गौरुराहास्थित सडक अवरुद्ध गरेका हुन्।

वर्षायामपछि सडक हिलाम्य र खाल्डाखुल्डीले भरिएको हुँदा दुर्घटनाको जोखिम बढेको र यात्रुहरू चढ्न नमान्ने अवस्था आएको ई–रिक्सा चालक रविनाथ चौधरीले बताए। “दक्षिणतर्फ एक किलोमिटर सडक राम्रै छ, तर बजारसम्मको बाटो कहिले धुलाम्मे त कहिले हिलाम्मे हुन्छ,” उनले गुनासो गरे, “खाल्डाखुल्डीले गर्दा दैनिक ४–५ वटा ई–रिक्सा पल्टिरहन्छन्, तर कसैको ध्यान छैन।”

चालकहरूले मेहनत गरेर जीविका चलाइरहे पनि स्थानीय निकायदेखि संघीय सरकारसम्मले बेवास्ता गर्दै आएको उनीहरूको आरोप छ। “सडक राम्रो नभएकाले यात्रु नै चढ्दैनन्, जसले गर्दा आम्दानी ठप्प छ,” चौधरीले भने।

आन्दोलनरत चालकहरूले सडक मर्मत अविलम्ब सुरु हुनुपर्ने माग गरेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस