पत्रकार साैरभमाथि छुरा प्रहारमा स‌‌लग्न दाेषाीलाई कारबाही गर्न जसपा नेपालकाे माग

राजविराज, ३१ साउन । समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिले नयाँ पत्रिका दैनिकका पत्रकार सौरभ यादवमाथि भएको छुरा प्रहार घटनामा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै प्रदेश समितिका अध्यक्ष बालकिशोरप्रसाद यादवले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मुख्य गेट नजिकै मोटरसाइकलमा आएका व्यक्तिहरूले यादवमाथि आक्रमण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, “पत्रकार यादवमाथि भएको कुटपिट र आक्रमणप्रति जनता समाजवादी पार्टी, नेपाल घोर भर्त्सना गर्दछ। पत्रकारको सुरक्षाका लागि उचित सुरक्षा व्यवस्था मिलाउन तथा दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न स्थानीय प्रशासनसँग माग गर्दछ।”

Author:



क्याटोगरी छान्‍नुहोस