जसपा नेपालका केन्द्रीय सल्लाहकार टुटु बाबुको निधन

राजविराज, ११ भदौ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार दिपक कुमार यादव (टुटु बाबु)को ६८ वर्षको उमेरमा बुधबार अपराह्न निधन भएको छ ।

सप्तरीको महदेवा गाउँपालिका वडा नम्बर ३, बथनाहा निवासी उनी विगत केही महिनादेखि उनी क्यान्सर रोगबाट पीडित रहँदैआएका थिए । चिकित्सकको निगरानीमा उपचारमा रहेका उनको आफ्नै घरमा निधन भएको जनाइएको छ ।

महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका उनले आफ्नो कार्यकालमा स्थानीय सडक, खानेपानी, विद्यालय र स्वास्थ्य संस्थाको सुधारलाई प्राथमिकता दिएका थिए । पालिकामा महिला, दलित र युवाको सहभागिता बढाउन उनले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका थिए ।

जसपा  नेपालका युवा नेता नवनित झाका अनुसार जनमैत्री र सरल स्वभावका कारण दिपक यादव स्थानीय जनतामाझ लोकप्रिय थिए । उनका बुवा विशेश्वर प्रसाद यादव राणा र पञ्चायती शासन विरुद्धको आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएका थिए ।

बुवाकै प्रेरणाले दिपक विद्यार्थी जीवनकालदेखि राजनीतिमा होमिएका थिए । पछिल्लो समय प्रजातान्त्रिक आन्दोलन, जनआन्दोलन र मधेश आन्दोलनमा समेत उनले सक्रिय सहभागिता जनाएका थिए । उनका एक छोरा, एक छोरी र पत्नी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस