अनाथालयका बालबालिकासँग पत्रकार पटेलले मनाए जन्मदिन

रौतहट, १२ भदौ । रौतहटका युवा पत्रकार तथा समाजसेवी अभिमनु कुमार पटेलले महँगो होटल वा भोजमा खर्च नगरी अनाथालयका बालबालिकासँग जन्मदिन मनाएर समाजमा सकारात्मक सन्देश दिएका छन् ।

रौतहटको परोहा–८ मोतिपुर नरकटिया निवासी पटेलले बिहीबार बिहान गरुडा नगरपालिका–४ स्थित बंशीराम जयसवाल अनाथालय पुगेर आफ्नो जन्मदिन मनाएका हुन् । मधेश मिडिया प्रा.लि. अध्यक्ष तथा रिपोटर्स क्लव मधेश प्रदेशका कोषाध्यक्ष समेत रहेका उनले अनाथालयका २६ जना बालबालिकासँग मिठाइ बाँड्नुका साथै चामल, दाल, आलु, प्याज, तेल, साबुन, नुहाउने सामग्री, चकलेट, बिस्कुट,

चाउचाउ, चिउरा र चिनी लगायतका दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेका छन् ।
बालबालिकासँग खुशी साट्दै पत्रकार पटेलले भने “महँगो होटल वा भोजमा जन्मदिन मनाउनेभन्दा बालबालिकाको अनुहारमा खुशी ल्याउनु ठूलो पुण्य हो ।”

बाबुनानीसँग भेट्दा वास्तविक जीवनको गहिरो अर्थ महसुस भएको बताउँदै उनले थपे “२६ जना बालबालिकाको हेरचाह गर्नु कति कठिन छ, कल्पना गर्न गाह्रो छ, विवाह वा अन्य अवसरमा अनावश्यक खर्च नगरी असहाय बालबालिकासँग खुशी बाँड्न आग्रह गर्दछु, तपाईको सानो सहयोगले पनि ठूलो मुस्कान ल्याउन मद्दत पुग्नेछ ।”

Author:



क्याटोगरी छान्‍नुहोस