राजविराज, १२ भदौ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको निर्णयानुसार विहीबार क्षेत्र नम्बर ४, बोदेबर्साइनमा समेत भूमि सम्बन्धी विधेयकविरुद्ध विरोध प्रदर्शन तथा सभा आयोजना गरियो ।
शत्रुधन चोकबाट सुरु भएको ¥याली बजारको विभिन्न भाग परिक्रमा गर्दै कोण सभामा परिणत भएको थियो । विरोधसभामा वक्ताहरूले विधेयक जनताको हित र मुलुकको समृद्धि विपरीत रहेको आरोप लगाउँदै सरकारसँग तत्काल फिर्ता लिन माग गरेका छन् ।
सभामा जसपा अनुशासन समिति संयोजक जगदेव यादव, श्यामदेव यादव, केन्द्रीय सदस्य शैलेन्द्र मोहन झा, पुनम यादव, डा. बबी यादव, रमिला साह, युवा नेता दिनेश यादव, किशोर कुमार यादव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, जिल्ला उपाध्यक्ष लक्ष्मण यादव,बोदेबर्साइन नगरपालिकाकी उपप्रमुख रेणुका साह, खडक नगरपालिकाकी उपप्रमुख रीता चौधरी, उपेन्द्र साह सहितका नेताहरुको सहभागिता रहेको थियो । Pic. Credit: Prabesh Mishra