सर्वोच्चको सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

काठमाडौं, २५ भदौ । सर्वोच्च अदालतले मंगलबार जेनजी युवाको प्रदर्शनको क्रममा भएको आगलागीका कारण हाल पेसीमा रहेका सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।

अदालत भवनमा भएको आगलागीले इजलास, मिसिल र डिजिटल सर्भरहरू पूर्णरूपमा नष्ट गरेको भन्दै सबै मुद्दाको सुनुवाइ स्थगन गरिएको हो । अदालतको नियमित कार्यप्रणालीमा गम्भीर अवरोध सिर्जना गरेको जनाउँदै सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारले आज बिहान जारी गरेको सूचना अनुसार मुद्दाका मिसिल, सर्भर र इजलास जलेर नष्ट भएका कारण सबै मुद्दाको सुनुवाइ अर्को सूचना नभएसम्म स्थगित रहनेछन् । सेवाग्राहीमा पर्न गएको असुविधाप्रति सर्वोच्च अदालतले दुःख व्यक्त गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस