बरु मेरो प्राण जाओस् तर क्याम्पस सुधार गरेरै छाड्छुः प्रमुख प्रा.डा. कर्ण (हेर्नुहोस् भिडियो)

राजविराज । सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजका प्रमुख प्रा. सुशील चन्द्र कर्णले क्याम्पसको अवस्था सुधार गर्नका लागि जस्तो सुकै समस्याको सामना गर्नका लागि तयार रहेको बताएका छन् ।

इन्टेलेक्चुअल फाउण्डेशन नेपालले मङ्गलबार महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजमा आयोजना गरिएको पूर्व विद्यार्थी मिलन समारोह एवम् शुभकामना आदान–प्रदान तथा शैक्षिक सुधार विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरे । आफु जिम्मेवारीमा आएदेखि थरीथरीका चुनौतिका बिच अगाडि बढिरहेको बताउँदै प्रा. कर्णले भने ‘वर्षौंदेखि जकडिएको समस्या समाधान गर्न अलि समय लाग्छ नै तर क्याम्पसको अवस्था सुधार गर्न बरु मेरो प्राण जाओस्, मातृभूमिप्रतिको दायित्व पुरा भएको बुझ्नेछु ।’

शालिन एवम् वौद्धिक व्यक्तित्वका रुपमा छुट्टै छाप बनाएका क्याम्पस प्रमुख कर्णले मबिब क्याम्पस एक जना शिक्षकमा ९ सय विद्यार्थी भर्ना लिनुपर्ने अवस्थामा कस्तो खालको शिक्षा आर्जन गरिरहेको प्रति आश्चर्य व्यक्त गर्दै डा. यादवले भने ‘कानूनतर्फ शिक्षक अभाव रहेको समस्या अहिलेको होइन, आफुभन्दा अगाडिका प्रमुखहरुकै पालादेखि रहँदैआएको छ, किन समाधान भएन ?’ विगतका बेथितिलाई सुधार गर्नेतर्फ अगाडि बढिरहँदा चुनौतिहरु पन्छाउनु परेको बताउँदै उनले भने ‘क्याम्पस प्रमुख हुँ तर तीन महिनादेखि तालाबन्दी छ, बस्ने ठाउँ छैन, पानी खुवाउने कार्यालय सहयोगीसम्म छैन, नियुक्त गर्न दिएको छैन, आफ्नै श्रोत पनि छैन ।’

नियमित कक्षा सञ्चालन तथा परीक्षा प्रणाली सुधार गर्नेतर्फ अगाडि बढेको बताउँदै प्रा.डा. कर्णले एडमिसन लिने तर कक्षामा उपस्थित नहुने प्रवृति विद्यार्थीहरुमा रहँदैआएकोले सर्टिफिकेटका लागि एडमिसन लिने मनोवृति त्याग्नुपर्ने आवश्यकता औंल्याए ।

श्रोतसाधन अभावका बीच पनि यसैवर्षदेखि बीआइटीको कक्षा सञ्चालन गर्न लागेको तथा कन्या छात्राबास सञ्चालनका लागि कदम अगाडि बढाएको उनले जानकारी दिए । वर्षौंदेखिको समस्या समाधान गर्न सबैपक्षको सकारात्मक सहयोग आवश्यक रहेको बताउँदै प्रा.डा. कर्णले भने ‘सबै पक्षसँग सकारात्मक सहयोगका लागि हात अगाडि बढाएको छु, मिलेर अगाडि बढौं, पुरानै क्याम्पसको शाख फर्काऔं ।’

हेर्नुहोस् भिडियो

Author:



क्याटोगरी छान्‍नुहोस