चुनावी मैदानमा जम्दै प्रसिद्ध गायिका मैथिली ठाकुर

राजविराज । भारत विहारको अलिनगर विधानसभाबाट चुनावी मैदानमा होमिएकी प्रसिद्ध युवा लोकगायिका मैथिली ठाकुरको जनसमर्थन बढ्दै गएको छ ।

भारतको बिहार राज्यमा हुन लागेको आगामी विधानसभा निर्वाचनका लागि उनी भारतीय जनता पार्टी (बीजेपी)बाट उम्मेदवार बनेर चुनावी मैदानमा होमिएकी हुन् । स्थानीय जनताको माग र युवाहरूमाझ लोकप्रियताका कारण उनलाई बीजेपीले उम्मेदवार बनाएको हो ।

मैथिली लोक तथा शास्त्रीय गायनका कारण २५ वर्षिय मैथिली देश–विदेशमा चर्चित छिन् । उनी आफ्ना भाइहरू राघव र अयाची ठाकुरसँग मिलेर मैथिली, भोजपुरी र हिन्दी गीतमार्फत मिथिला संस्कृति प्रचारमा सक्रिय रहँदैआएकी थिइन् ।

अलिनगर विधानसभा मधुबनी जिल्लामा पर्दछ । त्यहाँ सामाजिक, सांस्कृतिक र विकासका विषयहरू सधैं चुनावी बहसका केन्द्रमा रहँदै आएको छन् । त्यस क्षेत्रमा शिक्षा, सडक, स्वास्थ्य र बेरोजगारी मुख्य समस्याको रुपमा रहेको छ ।

मैथिली ठाकुरले आफ्नो सामाजिक सञ्जालमार्फत भनेकी छन्, “अलिनगर मेरो माटो हो, यहाँका जनताको आवाज बन्ने चाहना मेरो मनमा धेरै दिनदेखि थियो, संस्कृति जोगाउने जस्तै अब विकासका गीत गाउँने समय आएको छ।”

लोकगायिका मैथिली ठाकुरको उम्मेदवारीले अलिनगरमा नयाँ उत्साह ल्याएको छ । चुनावी मैदानमा रहेकी मैथिलीको छवि खासगरी युवा र महिला मतदाताहरू बीच थप लोकप्रिय बन्दै गएको छ । कलिलो उमेरकी मैथिलीको उपस्थितिले उक्त क्षेत्रमा पुराना राजनीतिकर्मीहरु बीच हलचल ल्याई दिएको छ । सरल अनि मिलनसार स्वाभावकी मैथिलीले आम मतदाताको मन जितिरहँदा उनीसँग चुनाव लडेका प्रतिष्पर्धीहरुको बेचैनी बढेको छ ।

अब मैथिली ठाकुरको प्रवेशपछि त्रिकोणात्मक मुकाबला हुने सम्भावना बढेको छ । यद्यपी पछिल्लो विश्वभरी नै जेन जेड पुस्तामा जागरण आएको अवस्थामा मैथिलीको उम्मेदवारीलाई चौतर्फी रुपमा राजनीतिक पुस्तान्तरणको रुपमा समेत आंकलन गरिएको छ ।

जनप्रिय मैथिली

मैथिलीले सन् २०१७ मा भारतीय गायन रियालिटी कार्यक्रम राइजिङ स्टारको पहिलो संस्करणमा सहभागिता सहभागी भएपछि चर्चा पाएकी हुन् । सो गायन कार्यक्रममा ॐ नमः शिवाय बोलको गीत गएपछि उनलाई सोझै फाइनलको लागि छनौट गरिएको थियो । ‘रियालिटी शो’को फाइनलमा पुग्ने पहिलो प्रतिस्पर्धी थिइन् । दुई मतको झिनो अन्तरले उनी दोस्रो भएकी थिइन् ।

‘रियालिटी शो’मा उनको सफलताले लोकप्रियता चुलिएको थियो । युट्युब, फेसबुक लगायत सामाजिक सञ्जालमा उनका फ्यान फोलोवर्स अत्यधिक छन् । विशेष गरी मैथिली, भोजपुरी र हिन्दी भाषामा गीत गाउने गर्छिन् । उनी नेपालको मैथिलीभाषी क्षेत्रमा समेत अत्यन्त लोकप्रिय छिन् ।

सन् २०१९ मा भारतीय निर्वाचन आयोगले उनीसमेत उनको दुवै भाईलाई मधुबनीको ब्रान्ड एम्बेसडर बनाएको थियो । सन् २०१५ मा उनले भारतीय साङ्गीतिक कार्यक्रम ’आई जिनियस यङ सिङ्गिङ स्टार’ जितेकी थिइन् र सोही वर्ष उनले ’या रब्बा’ (युनिभर्सल म्युजिक) नामक साङ्गीतिक एल्बम बजारमा ल्याएकी थिइन् । उनको फेसबुक पेजमा १४ लाख र इन्स्टाग्राममा ७० करिब लाख फोलोअर्स छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस