राजविराज । विगतका वर्षहरु झैं यो वर्ष पनि मधेशसहित देशैभरी विशेष श्रद्धाभक्तिका साथ छठ पर्व मनाइएको छ ।
मङ्गलबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर विधिवत रुपमा छठ पर्व मनाइएको हो । गाउँका पोखरीहरुमा केराको बोट, अशोकको हाँगा, बाँसलगायतका स्थानीय सामग्रीहरुबाट कलात्मक घाट बनाएर छठ पर्व मनाइएको छ । उक्त अवसरमा गाउँहरुमा नाच–तमासा, नाटक, छोक्कडबाजी आदी मनोरञ्जनात्मक कार्यक्रमहरु समेत आयोजना गरिएको थियो ।
कात्तिक शुक्लपक्षको चौथी तिथिबाट नहाइ–खायबाट शुरु भई सोमबार साँझ अस्ताउँदो सूर्य तथा मङ्गलबार विहान उदाउँदो सूर्यलाई अर्घ्य दिइको हो । यो पर्व सन्तानको सुख समृद्धि तथा रोग व्याधीबाट बच्नकालागि गरिने परम्परा रहेको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका १ स्थित खुरहुरिया र रूपनी गाउँपालिका ४, भथौलमा खिंचिएका छठ पर्वका तस्विरहरु । Pic. Shyam Sundar Yadav/Madheshlive
फोटो फिचरः
