उस्लाई होइन, आफैलाई प्रेम गर्न सिक्नुहोस् -तब ऊ पनि फर्किन्छ

✍️  दिपा सिम्खडा
धेरै केटीहरू भन्छन् “ऊ पहिले जस्तो छैन, पहिले धेरै care गर्थ्यो, phone गर्थौ अहिले त message पनि time मा हेर्दैन । हो , जब माया बढ्छ, धेरै कुरा बदलिन्छ। आज तपाईंको खुसि उस्को phone, उसैको reply, उस्को mood , उस्को care मा अड्किएको छ । तेसैले त कुरा बिग्रिन्छ।

सम्झनुस् त उस्लाई भेट्नु पहिले तपाईं कति खुसि हुनुहुन्थ्यो हाँस्दै बाच्नुहुन्थ्यो , तर अहिले तपाईं डराउँदौ रुदै सोच्दै बस्नुहुन्छ “उसले call किन गरेन ? मेरो Story हेर्‍यो कि हेरेन ? कतै अरु पो छ कि ? किन reply गर्दैन? किन उस्ले मलाई सम्झिएन? किन हाम्रोमा अरु partner मा जस्तो माया छैन ? त्यसपछि मनमा हजार कुरा आउँछ र उसंग रुने , रिसाउने घुर्कि लगाउने गरिन्छ । हो , यही कुरा नै हो गल्ती । रिसले र आरोपले मान्छेलाई टाढा पठाउँछ किनभने तपाईं रिसाएर बोलेको कुरा, उसले दबाब जस्तो महसुस गर्छ। ऊ सोच्छ “अब त यस्ले म माथि धेरै नै पो expectations राख्न थालि र ऊ झन् टाढा जान्छ।

पहिलो कुरा ! किन change भयौ , किन यो भएन त्यो भयन , भनेर रिसाउन बन्द गर्नुस् । कम बोल्नुहोस्, तर बोल्दा “sweet tone” मा बोल्नुहोस्। नारीको शक्ति आवाजमा होइन, energy मा हुन्छ। कहिले काँही हासेर “Okay, no problem” भन्नाले पनि हजार शब्द भन्दा बढी असर गर्छ। कसैलाई तपाईले जत्ति hold गर्न खोज्नुहुन्छ त्यो त्यति भाग्छ । बन्द मुठ्ठिमा भन्दा खुल्ला हातमा सामान धेरै अट्छ है ।

फोन हेरिरहनु बन्द गर्नुस् मान्छे बदलिन्छ तर जसले तपाईंलाई साँचो माया गर्छ, ऊ कहिल्यै हराउँदैन । Self-love भन्नाले facial होइन Self-love भन्नाले आफूलाई busy राख्ने, confident महसुस गर्ने पनि हो । ऊ टाढा गए , तपाई आफ्नो glow बढाउनुस् , जब तपाईं आफैमा खुशी देखिन थाल्नुहुन्छ , उस्लाई भन्दा आफुलाई धेरै ध्यान दिन थाल्नुहुन्छ अब सोच्न थाल्छ किन यो पहिले जस्तो छैन , तपाईप्रति फेरि attract हुन थाल्छ जसरि तपाईलाई पाउनु पहिले थियो , तसैले धेरौ available नहुनुस् ।

जब तपाईले आफैलाई खुशी राख्नुहुन्छ, ऊ पनि तपाई तिर फर्किन्छ किनभने खुशी मान्छे सँग रहन सबैलाई मन पर्छ।Energy र व्यवहारले नै मान्छे फर्काउँछ, शब्दले होइन। जो तपाईको लागि हो , ऊ फर्किन्छ। जो होइन, ऊ गए पनि, तपाईको life crash हुँदैन। जो हाँस्दै आफ्नो जीवन चलाउँछ, उही सबैभन्दा आकर्षक हुन्छ। यो सबै सिक्नुभयो भने उस्लाई गुमाय पनि आफुलाई पाउनुहुनेछ है , त्यपछि कोहि आयर या गयर तपाईलाई कत्ति पनि फरक पर्दैन । Source: facebook

Author:



क्याटोगरी छान्‍नुहोस