बारा । बारा जिल्लामा अज्ञात समूहले पानी उद्योगका मेनेजरको घाँटी रेटेर हत्या गरेको छ ।
जिल्लाको प्रसौनी गाउँपालिका–६ भलुहीमा रहेका किरण बिग्रेज नेपाल प्रालिका मेनेजर, सर्लाही धनकौल–२ निवासी ४२ वर्षीय राम किशोर सिंहको घाँटी रेटेर हत्या भएको प्रहरीले पुष्टि गरेको छ । परिवारजनका अनुसार उनी हिजो साँझ करिब ७ बजे बिरगञ्जबाट उद्योगमा आएको र करिब ८ बजेतिर अज्ञात समूह उद्योगभित्र पसेर सिसिटिभी क्यामेराका तार काटेर उनको हत्या गरेको बताइएको छ ।
हत्या पश्चात उक्त समूहले शवलाई उद्योग बाहिर केही दूरीसम्म घिसार्दै लगेर सानो खाडलमा फालेर फरार भएको स्थानीयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनाबारे प्रहरीलाई बिहान करिब ८ बजे मात्र जानकारी आएको थियो ।
प्रहरी टोली तत्काल घटनास्थल पुगेर मुचुल्का उठाई र घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको जनाएको छ । Pic. Noor Alam Baadshah