जनकपुरधाम । विश्वासको मत पाउने अवस्था नदेखेपछि बुधबार प्रदेशसभामै राजीनामा घोषणा गरेका छन्।
आज बिहान साढे ८ बजे विश्वासको मतका लागि बोलाइएको प्रदेशसभा बैठकमै उनी उपस्थित भएन। पुनः बोलाइएको सभामा यादव उपस्थित भएर छोटो तर निर्णायक वक्तव्यसहित पदबाट राजिनामाको घोषणा गरे ।
सर्वोच्च अदालतले सोमबार साँझ २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि यादव गम्भीर दबाबमा थिए।
यादवले राजीनामा घोषणाको क्रममा संवैधानिक मर्यादाअनुसार निर्णय लिन बाध्य भएको जनाउँदै आफ्नो कार्यकालमा गरेका प्रयासहरू प्रदेशसभा र जनताले मूल्यांकन गर्ने विश्वास व्यक्त गरे। उनको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सत्ता समीकरणका लागि दलहरूबीच छलफल तीव्र बन्दै गएको छ।