मुख्यमन्त्री सरोजको राजीनामा स्वीकृत, नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार दिएको राजीनामा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले स्वीकृत गरेका छन्।
यादवले नेपालको संविधानको धारा १६९ (१) को (क) अनुसार उनले मुख्यमन्त्री पदबाट राजिनामा दिएका थिए । बुधबारै प्रदेश कर्णले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए।

प्रदेश प्रमुखद्वारा राजीनामा स्वीकृत भएपछि संविधानको धारा १६८(२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कुनै पनि प्रदेश सभा सदस्यलाई मंसिर १९ गते (शुक्रबार) साँझ ५ बजेभित्र आफ्नो दाबी पेश गर्न प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुघन यादवद्वारा प्रेषित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै तोकिएको म्यादभित्र दाबी दर्ता गर्न इच्छुक प्रदेश सभा सदस्यहरूलाई औपचारिक रूपमा आह्वान गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस