एआईको प्रयोगबारे पत्रकारलाई अभिमुखिकरण

दिपा यादव
राजविराज, १७ मंसिर । आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ सप्तरीको समन्वयमा बुधबार राजविराजमा ‘पत्रकारितामा एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोग’ सम्बन्धी एकदिने तालिम आयोजना गरियो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक जीवन भण्डारीले पत्रकारिताान समाचार लेखनदेखि तथ्य जाँचसम्म एआईले सहयोग पुर्याउने भएकोले यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए । एआइ प्रविधिको सही उपयोग गर्न नजान्दा फेक समाचार, भ्रामक फोटो, भिडियो उत्पादन र गलत सूचना तीव्र रूपमा फैलिन सक्ने भएकाले नैतिकता र आचारसंहिताको पालना आवश्यक रहेको उनले बताए ।

अर्का प्रशिक्षक प्रकाश मैनालीले पत्रकारहरूले डिजिटल माध्यममा काम गर्दा अपनाउनुपर्ने सावधानी, साइबर सुरक्षाका आधारभूत उपायहरू र सम्भावित अनलाइन जोखिमबाट जोगिने रणनीतिबारे प्रशिक्षण दिए । एआईसँगै बढ्दो डिजिटल सुविधा र खतरा दुवैका विषयमा सहभागीहरू सचेत गराउँदै सही उपयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्राधिकरणका संस्थापक अध्यक्ष अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरू वैद्यनाथ झा, मुरली प्रसाद यादव, व्यासशंकर उपाध्याय, धीरेन्द्र प्रसाद साह, वरिष्ठ पत्रकार अनिलकुमार अनल तथा महासंघका उपाध्यक्ष रामनारायण विश्वास लगायतले पत्रकारितामा एआई प्रविधिको सदुपयोगबारे चर्चा गरे ।

प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा प्राधिकरणका सदस्य नवीनकुमार गुप्ताले स्वागत मन्तव्य व्यक्त गरे । तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस