राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिप्रा पूर्वमा जंगली हात्तीको आक्रमणबाट एक वृद्ध किसानको मृत्यु भएको छ ।
धान जोगाउन खेतमै पहरा बसेका ६५ वर्षीय नारायण खंगलाई जंगली हात्तीले किचेर मारेको हो । बिहीबार बिहान किचिएको अवस्थामा उनको शव खेतमा फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार दिनभर धान काट्ने काम भइरहेको थियो । साँझ परेपछि बाँकी धान रुँग्न नदिई सुरक्षित राख्न नारायण खंग खेतमै बनाइएको झुप्रोमा बसेका थिए । रातीको समयमा आएको जंगली हात्तीले झुप्रो तोडफोड गर्न थालेपछि खंग भाग्ने प्रयास गरेका थिए । तर केही टाढा पुगेपछि हात्तीले लखेट्दै आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी माधवप्रसाद काफ्लेले जनाएका छन् ।
Pic. Kishor Paswan/Kanxchanpur