मुख्यन्त्रीका साथै तीन मन्त्रीको शपथ ग्रहण

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको आइतबार एक समारोहका बिच शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनलाई शपथ ग्रहण गराएका हुन् । कांग्रेस संसदीय दलका नेता समेत रहेका यादव मंसिर १९ गते ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । कांग्रेसका साथै जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीका सांसदहरुले समर्थन प्राप्त गरी उनी मुख्यमन्त्री नियुक्त भएका छन् ।

यसैगरी आजै मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले तीनजना मन्त्री नियुक्त गरेका छन् । उनले नेपाली कांग्रेसका जंगीलाल राय, जनमतका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुमध्ये जनमतका महेश प्रसाद यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नव गठित मन्त्री परिषद्को पहिलो बैठक आजै बसेको छ ।

Pic. Suresh Kumar Yadav

Author:



क्याटोगरी छान्‍नुहोस