
सीताराम अग्रहरी
नेता शिकारी ,जनता भिखारी
हरेक गली चौबाटोमा
पतित श्वेत वस्त्रधारी
शासन बिषकन्याझैं
विकल्प दाउ पर्खिरहेको जुवाडेझैं
जनताको सवाल
को हुनेछ सच्चा माईका लाल !
जनता यद्यपि स्वयंपनि विस्मृत हनुमानझैं
अग्रगमनका नाममा कुटिलतंत्रको मचानझै
नेताको पंचगव्य, द्रव्य , दारु , जाति खोज्दै
चुनावका नाममा कुहेका फर्सी रोज्दै
टेंसन कति हो कति मयुरका नाममा चमेरो
हरेक हांगामा लाटोकोसेरो
मुट्ठीभर स्वप्न चोरहरुको जगजगी अझ
माहोल अस्त-व्यस्त
विदेह, बुद्ध भूमि निस्सहाय,निस्तेज
ढांचामात्र बाकी देशको सारा तंत्र देश खान इंगेज्ड!