काठमाडौं । बिहार सरकारका मन्त्री नितिन नवीनलाई भारतीय जनता पार्टी (भाजपा)को राष्ट्रिय कार्यकारी अध्यक्ष नियुक्त गरिएको छ ।
आइतबार बसेको भाजपाको संसदीय बोर्डको बैठकले उक्त निर्णय गरेको हो । भाजपाका राष्ट्रिय महामन्त्री अरुण सिंहले बोर्डको निर्णयबारे जानकारी दिएका छन् । ४५ वर्षीय नितिन नवीन सन् २०१० देखि बिहारको बाँकीपुर विधानसभा क्षेत्रबाट लगातार विधायक रहँदै आएका छन् ।
नितिन नवीनले पार्टीको नयाँ राष्ट्रिय अध्यक्ष चयन नभएसम्म कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । भाजपाले सन् २०२० मा जे.पी. नड्डालाई राष्ट्रिय अध्यक्ष नियुक्त गरेको थियो । नड्डाको कार्यकाल सन् २०२४ मा समाप्त भए पनि उनी विस्तार (एक्सटेन्सन)मा रहँदै आएका थिए ।
हाल जे.पी. नड्डा केन्द्र सरकारमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नितिन नबीनलाई बधाई दिँदै सामाजिक सञ्जालमा लेखेका छन्–
Shri Nitin Nabin Ji has distinguished himself as a hardworking Karyakarta. He is a young and industrious leader with rich organisational experience and has an impressive record as MLA as well as Minister in Bihar for multiple terms. He has diligently worked to fulfil people’s aspirations. He is known for his humble nature and grounded style of working. I am confident that his energy and dedication will strengthen our Party in the times to come. Congratulations to him on becoming the BJP National Working President.
