नोबेल अस्पतालको छतबाट खसेर इन्टर्न चिकित्सकको मृत्यु 

राजविराज । बिराटनगर स्थित नोबेल शिक्षण अस्पताल भवन छतबाट खसेर आइतबार विहान एक एमबिबिएस इन्टर्न चिकित्सकको मृत्यु भएको छ ।

अस्पतालतको गेटतर्फ पाँचौ तल्लाबाट तल खसेर ३४ वर्षिय अमित यादवको  मृत्यु भएको हो । विहान ६.३० बजेको समयमा छतबाट खसेर टाउकाेमा गम्भीर चाेट लागेर घाइते भएका उनलाई तत्काल आकस्मिक कक्षमा भर्ना गरिएपनि उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

उनी राजविराज नगरपालिका वडा नम्बर ९, जगदरी निवासी शम्भु यादवका छोरा हुन् । उनी उनी केही समययता मानसिक समस्याबाट पीडित रहँदैआएको जनाइएको छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङ्गले विस्तृत अनुसन्धान थालेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस