मधेश प्रदेशसभाको सभामुख पदमा रामअशिष निर्वाचित

जनकपुरधाम । विगत केही समययता रिक्त रहँदैआएको मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादव आइतबार निर्वाचित भएका छन् ।

प्रदेशसभा बैठकमा मत विभाजन प्रक्रियामार्फत उनी सभामुख निर्वाचित भएका हुन् । कुल ९६ सांसद उपस्थित रहेकोमा यादवको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको थियो । सातदलीय गठबन्धनका तर्फबाट यादवलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले पेश गरेका थिए ।

प्रदेशसभामा आवश्यक बहुमत मतभन्दा बढी प्राप्त गरेपछि उपसभामुख बबिता राउत इशरले यादव सभामुखमा यादव निर्वाचित भएको घोषणा गरेकी छिन् । धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट उनी दोस्रो पटक निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

उनी जनता समाजवादी पार्टी नेपालको प्रमुख सचेतकको जिम्मेवारीमा थिए । सामाजिक गतिविधिमा सक्रिय रहँदैआएका उनी सरसफाइ तथा पर्यावरण अभियानी समेत हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस