डा. टिका भण्डारी
पन्ध्र वर्षकै उमेरमा रेडियो नेपालमा भोजपुरी, मैथिली, राष्ट्रिय गीत गाएर गायन यात्रा सुरु गरेका उदित नारायण झाले हिन्दी पार्श्व गायन करियरको सुरुवात भने सन् १९८० मा निर्मित फिल्म “उन्नीस-बिस्” बाट सुरु गरेका थिए। उनले सन् १९८८ मा फिल्म “कयामत से कयामत तक” का गीतहरूबाट आफूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा लोकप्रिय बनाए।
वि.सं २०३६ मा निर्मित नेपाली चलचित्र ‘सिन्दूर’का लागि सुष्मा श्रेष्ठसँग ‘हे नक्कली…हँसिली’ बोलको पार्श्व युगल गीत गाएका थिए । मुम्बईमा करियर सुरु गर्नु अघि उनले नेपाली भाषाका गीत गाउँदै करियर उठाएका थिए । गायन यात्राको सुरुवातमा उनी रेडियो नेपालमा कर्मचारी कलाकारकै रूपमा काम गर्थे।सुरुवातीचरणमा रेडियो नेपालमा उनले सिके रसाइलीको सङ्गीतमा गीत गाएका थिए।
रेडियो नेपालमा जागिरे जीवनका क्रममा सुरुवातीचरणमा २०२८-२०२९ सालतिर “मेची र काली” बोलको स्वदेशगान धेरै चर्चामा थियो।
उदित नारायणले सन् १९८५ मा दीपा गहतराजसँग विवाह गरे। दीपा दोस्रो श्रीमती थिइन्, र आफ्नी पहिलो श्रीमती रञ्जना झालाई सम्बन्ध विच्छेद नगरी विवाह गर्दा झमेलाहरू झेल्नु परेको थियो। दीपा र उदितका छोरा आदित्य नारायण पनि गायक तथा स्टेज होष्ट हुन्। उनको जन्म सन् १९८७ मा भएको थियो।
तस्विरमा वैवाहिक जीवनमा प्रवेश गर्नु अघिका गायक उदित नारायण झा र दिपा गहतराज । साभारः प्रसिद्ध संगीतका डा. टिका भण्डारीको वालबाट ।