त्रिविको ५१औँ दीक्षान्त समारोहमा १६ हजारभन्दा बढी दीक्षित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा १६ हजार ३ सयभन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।

दशरथ रंगशालामा आयोजित समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति सुशीला कार्कीले विद्यार्थीहरूलाई दीक्षित भएको घोषणा गरेकी हुन् ।विश्वविद्यालयका अनुसार स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तहमा गरी कुल ८९ हजार १ सय १ विद्यार्थी उत्तीर्ण भएका छन्।

त्रिविको इतिहासमा पहिलो पटक नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत प्राज्ञिक तथा शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक दीपक अर्यालले विश्वविद्यालय क्रमिक रूपमा सुधारतर्फ अघि बढिरहेको उल्लेख गर्दै दीक्षित विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे।

Author:



क्याटोगरी छान्‍नुहोस