काठमाडौं । नेपालकी चर्चित गायिका एलिना चौहान माघ १० गतेसम्म देशका विभिन्न स्थानमा आयोजना हुने सांगीतिक कार्यक्रमहरूमा व्यस्त रहने भएकी छन्। लगातार स्टेज प्रस्तुति, सांगीतिक कार्यक्रम तथा रेकर्डिङका कारण उनी देश दौडाहामा रहेकी हुन्।
कार्यक्रम तालिकाअनुसार एलिना चौहानले पौष १९ गते झापाको गोलघापबाट आफ्नो सांगीतिक यात्रा सुरु गर्नेछिन्। त्यसपछि पौष २० गते अत्तरिया, पौष २१ गते कोहलपुर र पौष २३ गते इलामको तिनखुट्टेमा उनी प्रस्तुति दिनेछिन्।
त्यसैगरी पौष २५ गते दमौली, पौष २७ गते बेलबारीमा कार्यक्रम तय भएको छ भने पौष २८ गते रेकर्डिङमा व्यस्त रहनेछिन्। पौष २९ गते देवदह र पौष ३० गते नुवाकोटमा पनि उनको प्रस्तुति रहने जनाइएको छ।
नयाँ वर्षको सुरुवातसँगै माघ १ गते चापाकोट, माघ २ गते महेन्द्रनगर, माघ ३ गते टिकापुर, माघ ४ गते नेपालटार र माघ ५ गते हल्दिबारीमा उनी सहभागी हुने कार्यक्रम तय भएका छन्।
त्यस्तै माघ ७ गते कावासोती, माघ ८ गते नेपालगन्ज, माघ ९ गते ताराताल हुँदै माघ १० गते श्रीनगरमा प्रस्तुति दिने कार्यक्रम रहेकाे छ उनको देशव्यापी कार्यक्रम श्रृंखला सम्पन्न हुने छ।