पूर्व विद्यार्थी समाजद्वारा मावि खुरहुरियामा सरसफाइ

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १, स्थित जनता माध्यमिक (प्राविधिक धार) विद्यालय खुरहुरियामा पूर्व विद्यार्थी समाजले शनिवार सरसफाइ कार्यक्रम आयोजना गरेका छन् ।

तेस्रो चरण अन्तर्गत विद्यालयमा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइएको हो । समितिका सहसंयोजक केदार प्रसाद यादवको नेतृत्वमा झारपात उखेल्नुका साथै फोहोर सरसफाइ गरिएको छ ।

सरसफाइ कार्यक्रममा पूर्व विद्यार्थी समाजका सहसंयोजक यादव, देवेन्द्र कुमार यादव, गौतम यादव, शिव यादव, लालु यादव, कैलाश यादव, रुपेश यादव समेतका सहभागी थिए । सरसफाइ कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिइने समितिका सदस्य कैलाश कुमार यादवले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस