राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर–१ मा श्यामसुन्दर सरदारले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्। लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय सरदार मधेश आन्दोलनका अभियन्ता हुन्। उनले किसान, मजदुर, दलित तथा पिछडिएका वर्गका हकहितका मुद्दालाई प्राथमिकतामा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।