आजभन्दा ६ वर्ष अघि अभिव्यक्ति मिडिया प्रा. लि.बाट madheshlive.com अनलाइन सञ्चारमाध्यम सञ्चालन गरेका थियौँ । अनेकौ आरोह –अवरोह पार गर्दै आज मधेशलाइभ पोडकास्ट सञ्चालन गर्न सफल भएको यहाँहरुलाई सहर्ष जानकारी गराउन चाहन्छौ । विष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित खुरहुरियाबाट आज पोडकास्टको शृङ्खला शुभारम्भ गरेका छौँ ।
शुरुवातका चरणमा कमीकमजोरीहरु हुनु स्वाभाविकै हो । आम दर्शक एवम् श्रोताको सल्लाह सुझाव समेतलाई आत्मसात गर्दै क्रमशः सुधार गर्दै लाने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौँ । पोडकास्टमा अन्तर्वार्ता, समाचारमूलक तथा साहित्यिक विधाहरुका साथै मधेशका विविध सवालहरुलाई प्राथमिकताका साथ स्थान दिनेछौँ । ‘परिवर्तनको सम्वाहक’ मूल नारालाई सार्थक बनाउन मधेशलाइभ परिवारको भूमिका रहने प्रतिवद्धता दोहर्याउन चाहन्छौँ ।
यस अभिव्यक्ति मिडिया प्रा.लि. र मधेशलाइभ डट्कम्लाई अस्तित्वमा ल्याई हुर्काउनमा महत्त्वपूर्ण योगदान दिनुहुने विद्यानन्द रामको योगदान अविस्मरणीय एवम् अतुलनीय छ । उहाँको अथक योगदानप्रति आभार व्यक्त गर्न चाहन्छु । वर्तमान अवस्थामा यसका साथै यहाँसम्मको यात्रामा साथ दिनुहुने सन्तोष कुमार चौधरी, प्रिया सिंह थारु, अजय कुमार झा, सागरवीर कडारी, अन्जु यादव, सौरभ यादव, रामशंकर भण्डारी, कमल कुमार मण्डल, अनिल कुमार यादव, आँचल दास, दिपक कुमार यादव, कञ्चन यादव सहित प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विगतदेखि वर्तमानसम्म विशेष योगदान दिनुहुने सबैलाई विशेष धन्यवाद् दिन चाहन्छौँ ।
आगामी दिनमा समेत यहाँहरुको सहयोग, सल्लाह, सुझाव एवम् मार्गदर्शनको अपेक्षा राखेका छौँ ।
श्यामसुन्दर यादव
सम्पादक, मधेशलाइभ
मितिः १२ फागुन २०८२ (मङ्गलबार)