प्रधानमन्त्री कप: सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै मधेश प्रदेश विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको छ।

वीरगञ्जको नारायणी रंगशालामा भएको खेलमा सुदूरपश्चिम प्रदेशले पहिले ब्याटिङ गर्दै ४३ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १६० रन बनायो। मधेश प्रदेशले १६१ रनको लक्ष्य ३३ दशमलव ४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्दै जित सुनिश्चित गर्यो।

मधेश प्रदेशको जीतमा अरनिको यादवले ४६, मोहम्मद आदिल आलमले ३४ र पवन सर्राफले २१ रन योगदान दिए। सुदूरपश्चिमको ब्याटिङमा अभिषेक पालले ४५ बलमा ३३ रन र किरण ठगुन्नाले २३ रन बनाए। बलिङमा मधेश प्रदेशका अरनिको यादवले तीन विकेट लिए भने प्रदीप पासवानले दुई विकेट लिए।

प्रतियोगितामा सात प्रदेशसँगै नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबका टोलीहरू सहभागि छन्। विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

Author:



क्याटोगरी छान्‍नुहोस