डा.सुष्मा साउद
वाग्भट ऋषिले भन्नुभएको छ, ‘ब्राह्मे मुहूर्ते उत्तिष्ठेत स्वास्थो रक्षर्थमायुषः । अर्थात् जो मानिस आफू सधैँ स्वस्थ रहन, आफ्नो आयु बढाउन चाहन्छन, उसले प्रातः ब्रह्म मूहूर्तमा उठ्नुपर्छ ।
ऋतुअनुसार सूर्योदयको समय अलगअलग हुन सक्छ । यसमा के बुझ्नुपर्छ भने सूर्य उदाउने समयभन्दा डेढ घण्टा पूर्वको समयलाई ब्रह्म मूहूर्त भनिन्छ । यो भनेको बिहान ४ बजेदेखि साढे ५ बजेको बीचको समय हो। त्यसैले बिहान उठ्ने सबैभन्दा राम्रो समय ब्रह्म मूहूर्त हो । तपाईंमध्ये कतिपय त यसै बेला पनि उठ्नुहुन्छ होला ।
किन यही समयमा उठिन्छ भनेर थाहा पाउनुभएको छ ? किनकि यो समयमा हाम्रो शरीरमा कफ दोष कम हुन्छ भने वात दोष सक्रिय हुन्छ । यो भनेको दिमाग र शरीर सक्रिय गतिविधिका लागि तम्तयार हुनु हो ।
यस्ताे वातको प्रभावले हुने गर्छ । यसबेला ताजा अक्सिजनको मात्रा बढी हुन्छ । केही हर्मोनजस्तै सेरेटोनिन आदि यो बेला धेरै मात्रामा स्रवित हुन्छन्, जसले हामीलाई एकाग्र हुन मद्दत गर्छ । त्यसैले बिहान साढे ४ देखि साढे ५ को बीचमा उठ्ने गर्नुपर्छ । आयुर्वेदले ‘ब्रह्म मूहूर्त’ लाई अध्ययनका लागि उत्कृष्ट समय तालिका पनि भनेको छ । यसबेला हाम्रो शरीरको ‘वात दोष’ सक्रिय भइसकेको हुन्छ ।