कोरोना संक्रमणबाट एकैदिन ३ जनाको मृत्यु, ४४४ संक्रमित थपिए

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५४ जनाको नमूना परीक्षण गरिएको थियो ।

एक हजार ९ सय ९६ जनाको पीसीआर र २ हजार ९ सय ५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, ३ सय ७ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ४ हजार १ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780