डा. सुषमा साउद
यो पाचनमा सहयोगी हुन्छ । आयुर्वेदमा धनियाँलाई दीपनीय र पाचनसम्बन्धी गुण भएको वनस्पति मानिन्छ । यसले पेट फुल्ने र अपचजस्ता समस्यामा सहयोग गर्छ । यसले शरीरका कोषहरूको संरक्षण गर्छ ।
हरियो धनियाँमा भिटामिन सी र विभिन्न एन्टिअक्सिडेन्ट तत्त्व पाइन्छन्, जसले शरीरका कोषलाई अक्सिडेटिभ क्षतिबाट जोगाउने प्रक्रियामा सहयोग गर्छन् । यो हड्डी र रगतका लागि सहयोगी हुन्छ ।
हरियो धनियाँभिटामिन K को स्रोत हो । यो भिटामिन सामान्य रक्तसञ्चय (रगत जम्ने प्रक्रिया) र हड्डीको स्वास्थ्यका लागि आवश्यक हुन्छ ।
पात सानो भए पनि यसमा उपयोगी पोषण हुन्छ । दैनिक खानामा सफा हरियो धनियाँ राख्नु स्वास्थ्यकर हुन्छ ।