हरवा चरवाद्वारा प्रर्दशन–उत्थान र स्वरोजगारको व्यवस्थासहितका चार बुँदे माग

राजविराज – हरवा चरवाहरुले चार बुँदे माग अघि सार्दै आइतवार सप्तरी सदरमुकाम राजविराजमा प्रर्दशन गरेका छन् । प्रदर्शनपछि उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र समेत बुझाएका हुन् ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर जिल्ला हरवाचरवा अधिकार मञ्चले प्रर्दशनसहित ज्ञापन-पत्र बुझाइएका छन् । मञ्चका जिल्ला अध्यक्ष देवलाल रामद्वारा प्रमुख जिल्ला अधिकारी किरण थापालाई बुझाइएको ज्ञापन पत्रमा हरवा चरवाको लगत, प्रमाणिकरण र परिचय पत्र वितरण प्रकृया अविलम्ब थालनी गर्न, सरकारद्वारा बजेट तय गरिएको हरवा चरवा लक्षित कार्यक्रममा हरवा चरवाको पहुँचको सुनिश्चितता गर्न तथा हरवा चरवाको यकिन तथ्याङ्कको आधारमा भुमि, आवास, शिक्षा, सिप, विकास र स्वास्थ्यमा पहुँचको वातावरण सुनिश्चित गर्न माग गरिएको छ ।

उठीवास हुने अवस्था तत्काल बन्द गरी उनीहरुको नाममा रहेको सम्पुर्ण ऋण खारेज, श्रम अनुसारको ज्याला निर्धारण, सुरक्षित वास र परिवार जनसंंख्याका आधारमा जग्गा सहित पुनः स्थापित गराईनु पर्ने माग उनीहरुले गर्दै आएका छन् ।

यस्तै प्रदेश र स्थानीयतहबाट संंचालन हुने विपन्न र गरिब लक्षित कार्यक्रममा हरवा चरवालाई प्राथमिक्ता र विगतमा हरवा चरवा संग सरकारद्वारा गरिएको सहमती प्रभावकारी कार्यान्वयनको समेत ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

ज्ञापन पत्र बुझाउनु अघि आइतवार नै गरिएको पत्रकार सम्मेलनमा हरवा चरवा अधिकार मञ्चका जिल्ला अध्यक्ष देवलाल रामले हरवा चरवा लक्षित कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि वास्तविक हरवा चरवाको पहिचान, लगत, प्रमाणिकरण तथा परिचय पत्र वितरण कार्य अविलम्ब सुरु गर्न माग गरे ।

पत्रकार सम्मेलनमा हरवा चरवा मञ्चका केन्द्रीय महासचिव लागेन्द्र राम, केन्द्रीय सदस्य सुमित्रा देवी खंग, श्रीर्पुराज सामुदायीक विकास केन्द्रका अध्यक्ष चतुरनारायण चौधरी, टीम लिडर विनोदानन्द चौधरी, दलित चेतना संगमका अध्यक्ष राम लखन राम, कार्यक्रम संयोजक प्रेम कुमार विश्वकर्मा लगायतले पनि बोल्दै हरवा चरवालाई थातथलोसहित उत्थान र स्वरोजगारको व्यवस्था गर्न सरकारसँग माग गरे ।

हरवा चरवा लक्षित कार्यक्रम प्रभावकारी रुपमा संचालनका लागी वास्तविक हरवा चरवाको पहिचान आवश्यक रहेकोमा जोड दिँदै उनीहरुले यसो नभए लक्षित कार्यक्रममा हरवा चरवाको पहुँच नहुने र टाठाबाठाहरुले मात्र लाभ लिन सक्ने अवस्था आउने समेत जनाएका छन् ।

सन २०१३ मा आइएलओले गरेको अध्ययन अनुसार मुलुकका विभिन्न जिल्लामा गरी झण्डै १ लाख ५० हजार हरवा चरवा रहेका छन् । पुस्तौदेखि अरुको जग्गामा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका उनीहरु साहु महाजनको खेतवारीमा काम गर्ने र वस्तुभाऊ चराएपछि पाईने न्यून मजदुरीले जहान वालबच्चालाई एक पेट खुवाउन समेत कस्ट झेलिरहेको हरवा चरवाको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780