मधेश प्रदेशमा नेकांका कृष्णकुमारको नेतृत्वमा गठन हुँदै नयाँ सरकार

जनकपुरधाम । मधेश प्रदेशमा नेपाली का‌‌ग्रेसका कृष्ण कुमार यादवको नेतृत्वमा  नयाँ सरकार गठनको प्रक्रिया अघि बढेकाे छ।

नेकपा (एमाले), नेपाली कांग्रेस र जनमत पार्टीलगायतका दलले संयुक्त रूपमा सरकार गठनको दाबी प्रस्तुत गरेका छन्। बुधबार प्रदेश प्रमुखलाई बुझाइएको पत्रमा ती तीन दलका संसदीय दलका नेताहरूले संविधानको धारा १६८(२) बमोजिम बहुमतको समर्थनसहित नयाँ सरकार गठनको दाबी गरेका छन्।

पत्रमा उल्लेख अनुसार, प्रदेशसभामा हाल ५८ जना सांसदमध्ये ४८ जना सांसदले समर्थन जनाएका छन्। ती सांसदहरू मध्ये नेकपा (एमाले) का १३, नेपाली कांग्रेसका २२ र जनमत पार्टीका १३ जना रहेका छन्।

संयुक्त पत्रमा नेकपा (एमाले) का संसदीय दलका नेता सरोजकुमार यादव, नेपाली कांग्रेसका कृष्णप्रसाद यादव र जनमत पार्टीका महेशप्रसाद यादव का हस्ताक्षर रहेका छन्। उनीहरूले सरकार गठनका लागि बहुमत पुगेको भन्दै नयाँ सरकार गठनका लागि दाबी पेस गरेका हुन्।

यो दाबीपत्र मधेश प्रदेश प्रमुखलाई बुझाइएको हो। अब प्रदेश प्रमुखले संवैधानिक प्रावधानअनुसार नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस