नेकपा दाहाल–नेपाल समूहकी नेतृ झाँक्री पक्राउ, ७ वर्ष कैद हुनसक्ने कसूरमा अनुसन्धान

जनकपुरधाम, २९ माघ । नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमार झाँक्री पक्राउ परेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएपछि नेतृ झाँकीलाई पक्राउ गरिएको हो । उनलाई फौजदारी अपराध संहिताको दफा (५८) अन्तर्गतको कसूर गरेको आधारमा पक्राउ गरिएको बताइएको छ ।

फौजदारी अपराध संहिताको दफा (५८)मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने भनिएको छ । दफा (५८) को उपदफा (१) मा भनिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिनु हुँदैन ।’

दफा ५८ को उपदफा (२)मा त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई ७ वर्षसम्म कैद वा ७० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस