सेलिनाको ‘तीजमा खोज्नु छ मलाई ह्याण्सम पोइ’

हिन्दू नारीहरुले मनाउने महत्वपूर्ण पर्व तीज आउनै लागेको छ । तीज नजिकिएसँगै कलाकारहरुमा व्यस्तता बढ्दै गएको छ । तीजको गीत रेकर्डिङ्ग, सुटिङ्ग, मिक्सिङ्ग सकेर भिडियो सार्वजनिक गर्न हतारो भएको छ । पछिल्लो चर्चित गायिका सेलिना कँुवरलाई समेत यतिबेला तीज गीतको भिडियो दर्शकमाझ पस्किन हतारो भएको छ । चर्चित गायिका सेलिनाको हालै मात्र ‘तीजमा खोज्नु छ मलाई ह्याण्सम पोइ’ बोलको गीत रेकर्ड भएको छ । उक्त गीतको छायाङ्कन सकिएर सम्पादन कार्य अगाडि बढेको जनाईएको छ ।
चर्चित नायिका अञ्जली अधिकारीले मोडलिङ्ग गरेको उक्त भिडियोको हरेक पक्ष उत्कृष्ट रहेको तथा गायन र शब्द रचना समेत उत्कृष्ट रहेको निर्माण पक्षको दावी छ । उक्त गीतको शब्द रचना अर्जुन पौडेल तथा सङ्गीत सन्तोष राजको रहेको छ ।

भिडिओमा निर्देशन सन्तोष राजबाहकको रहेको छ भने वरिष्ठ क्यामेराम्यान ज्ञानेन्द्र शर्मा छायाङ्कन गरेका छन् । साजसज्जामा अनिताले सघाएकी छिन् ।
हिन्दू महिलाहरूले मनाउने तीज पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाईन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान गर्दै मनोरञ्जन गर्ने गरिन्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस