नेपाली बजारमा सुनको नयाँ रेकर्ड [यसरी हुँदैछ कारोवार]

जनकपुरधाम । नेपाली बजारमा शुक्रवार ३ सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । बिहीबारको रेकर्ड शुक्रबार तोडिएको हो ।

शुक्रबार छापावाला सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अब तोलामा सात सय रुपैयाँले वृद्धि भयो भने सुन प्रतितोलाको एक लाख रुपैयाँ पर्नेछ । बिहीबार छापावाला सुन प्रतितोला ९९ हजार रुपैयाँमा किनबेच भएको थियो ।

शुक्रबार तेजावी सुन प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँमा किनबेच भएको छ । चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी छाएपछि सुनको मूल्यले दैनिकरुपमा नेपाली बजारमा रेकर्ड बनाइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस