प्रहरी प्रधान कार्यालयका थप २८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि, देशभरका २५० प्रहरी संक्रमित

जनकपुरधाम, १६ साउन । काठमाडौंस्थित प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले शुक्रबार थप २८ जनामा संक्रमितको पुष्टि गरेका हुन् ।

योसँगै प्रधान कार्यालयमा कोरोनाभाइरस संक्रमित हुने प्रहरीको संख्या ७२ पुगेको छ भने संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको छ । अहिलेसम्म प्रहरी प्रधान कार्यालयमा संक्रमित भेटिनेहरुमा अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरीहरु छन् ।

देशभर कोरोना संक्रमित हुने प्रहरीको संख्या २५० जना पुगेको प्रवक्ता कडायतले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस