विराटनगर शनिवारदेखि पूर्ण लकडाउन, घर बाहिर निस्किनेलाई कारवाही गरिने

राजविराज । मोरङको विराटनगर महानगरपालिकाले १४ दिनको लामो बन्दाबन्दी (लकडाउन) घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न महानगरपालिका क्षेत्रभर शनिबार (साउन १७ गते) देखि लकडाउन गरिने भएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले महानगरपालिका क्षेत्रमा १४ दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।

सो अवधिमा घरबाहिर निस्किनेलाई पक्राउ गरेर कारवाही निर्णय समेत गरिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस